News Griha :: न्यूजगृह
प्रधानमन्त्री स्वदेश फर्किदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान दोहाबाट काठमाडौं आउँदै गर्दा काठमाडौंस्थित विमानस्थलका उडान तथा अवतरण आधा घण्टाका लागि रोकिएको हो । 

प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका हुन् । कतार एअरवेजको जहाजबाट प्रधानमन्त्री प्रचण्ड बिहान ९ बजे काठमाडौं अवतरण गरेका हुन् । 
दोहाबाट आएको हिमालय एअरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाई अवतरण गराइएको थियो । 

भीभीआईपी उडानका कारण अहिले अन्य जहाजको उडान तथा अवतरण रोकिएको विमानस्थल स्रोतले दाबी गरेको छ । कार्यालयले 'नोटाम' जारी गरी यसबारे जानकारी गराउने गर्छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:५१
Weather Update