News Griha :: न्यूजगृह
अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान फेला पर्‍यो, ४ जना सकुशल
अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान फेला पर्‍यो, ४ जना सकुशल डेसल्ट फाल्कन (डीएफ–१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ–अब जिल्लामा दुर्घटना भएको थियो । एअर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।
बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङको रिहार नजिक दुर्घटना, दुई जनाको मृत्यु
बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङको रिहार नजिक दुर्घटना, दुई जनाको मृत्यु दाङको लमही नगरपालिका–९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका  प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।दुर्घटनमा बर्दियाको गेरुवा गाउँपालिकाका– १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको...
प्रिमियर लिग : बर्नमाउथलाई ४-० ले पराजित गरेको लिभरपुललाई ५ अङ्कको अग्रता
प्रिमियर लिग : बर्नमाउथलाई ४-० ले पराजित गरेको लिभरपुललाई ५ अङ्कको अग्रता डार्बिन नुनेज र डिएगो जोटले दुई-दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ४-० ले पराजित गरेको छ ।लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । नुनेजले ४४औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए । यस्तै जोटाले ७०औं र ७९औं मिनेटमा गोल गरेका थिए ।
यो वर्षको एसईई चैत १५ देखि २७ गतेसम्म
यो वर्षको एसईई चैत १५ देखि २७ गतेसम्म आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।  बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए । 
कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न आह्वान [सूचनासहित]
कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न आह्वान [सूचनासहित] राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । 
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा हिमपातको सम्भावना
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा हिमपातको सम्भावना सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले बताएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रेरक सगुना परियार : एकै वर्षमा लोकसेवाका सात परीक्षा पास 
प्रेरक सगुना परियार : एकै वर्षमा लोकसेवाका सात परीक्षा पास  २५ वर्षीया परियार स्टाफ नर्स हुन् । उनको आत्मविश्वास यतिबेला लोकसेवाका परीक्षा तयारी गर्ने र चासो राख्नेका लागि चर्चाको विषय बनेको छ । दृढ संकल्प लाई उनले सफलतामा परिणत गर्न सफल हुनु युवामाझ प्रेरक पक्ष भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी परियार परिश्रममा विश्वास राख्छिन् । उनले...
यू–१९ विश्वकपमा नेपाल न्युजिल्याण्डसँग पराजित
यू–१९ विश्वकपमा नेपाल न्युजिल्याण्डसँग पराजित ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो ।
आन्दोलनकारीलाई ढाडस दिँदै कांग्रेस नेता कोइराला भने— पहिचानकै पक्षमा छु
आन्दोलनकारीलाई ढाडस दिँदै कांग्रेस नेता कोइराला भने— पहिचानकै पक्षमा छु यसअघि सार्वजनिक कार्यक्रमहरूमा पहिचानको पक्षमा रहेको बताउँदै आएका उनले आइतबार पहिचानवादी सङ्गठनका प्रतिनिधिसँगको भेटमा आफू पहिचानको पक्षमा भएको सन्देश दिएका हुन् । प्रदेशको पुनः नामकरण गरिनुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर प्रतिनिधिहरू र उनीबीच कोइराला निवासमा भेटवार्ता भएको थियो ।
भारतमा बढे कोरोना संक्रमित
भारतमा बढे कोरोना संक्रमित भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार २४ घण्टामा कोभिड–१९ का ६ जना बिरामीको मृत्यु पनि भएको छ...
एसपी रमेश बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस
एसपी रमेश बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस  गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ।
Weather Update