News Griha :: न्यूजगृह
रवि लामिछानेको दाबी– डिपोजिट स्लिप आयो, तर खातामा १ करोड ८० लाख आएन
रवि लामिछानेको दाबी– डिपोजिट स्लिप आयो, तर खातामा १ करोड ८० लाख आएन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा १ करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गरेका छन् । सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको उनले बताए । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर रविले आफ्नो खातामा पैसा जम्मा नभएको बताएका...
हत्या भएको अवस्थामा महिलाको शव फेला
हत्या भएको अवस्थामा महिलाको शव फेला झापाको अर्जुनधारामा एकजना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका– ६ महानन्द चोक भन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीया माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । 
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवाको नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए ।
बलिउड अभिनेता सैफअली खान अस्पताल भर्ना, भएको के हो?
बलिउड अभिनेता सैफअली खान अस्पताल भर्ना, भएको के हो? बलिउड अभिनेता सैफअली खान कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पताल भर्ना भएका हुन् । उनको घुँडा र काँधमा फ्याक्चर भएको छ । जसकोकारण उनलाई सोमबार बिहानै अस्पताल भर्ना गरिएको हो । 
इन्डियन आइडलको शीर्ष १० मा पुगिन् नेपालकी मेनुका पौडेल
इन्डियन आइडलको शीर्ष १० मा पुगिन् नेपालकी मेनुका पौडेल आइतबार प्रसारित एपिसोडमा पियुष, अन्जना र मुस्कान बटन थ्रीमा परे । जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन् । पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए । 
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचन : सोमबार राति १२ बजेपछि प्रचार प्रसार निषेध
राष्ट्रिय सभा निर्वाचन : सोमबार राति १२ बजेपछि प्रचार प्रसार निषेध यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रुपमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने ब्यवस्था मिलाइएको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई तत्काल काम नगराउन अदालतको आदेश
पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई तत्काल काम नगराउन अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । आदेशमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने कोषको निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको छ । 
सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने
सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा भएको सहकारी ठगीमा आफ्नो नाम पनि जोडेर निरन्तर समाचार आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, विपक्षी दल सहभागी नहुने
आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, विपक्षी दल सहभागी नहुने आज (सोमबार) मध्यान्ह उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको परम्परागत संस्कृति अनुसार प्राणप्रतिष्ठा हुँदैछ। यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वमा सम्पन्न गरिँदैछ । भगवान रामको बाल्यावस्था स्वरूप राम लल्लाको मूर्तिको ‘प्राण प्रतिष्ठा’ मा देशका प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधि, विभिन्न जनजाति समुदायका प्रतिनिधिलगायत सबै क्षेत्रका मानिसको सहभागिता रहनेछ...
रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो बजेट
रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो बजेट ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । 
Weather Update