News Griha :: न्यूजगृह
सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै
सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
माघ २२ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस
माघ २२ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ मा राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : कोइराला
गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् । 
रवि लामिछानेविरुद्ध युवराज सफलले दिए संसदीय समिति र सभामुखसमक्ष उजुरी
रवि लामिछानेविरुद्ध युवराज सफलले दिए संसदीय समिति र सभामुखसमक्ष उजुरी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ ।सिन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।
चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने
चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययन गर्ने तयारी भइरहको बताएका छन् ।मंगलबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।
उदाउँदो रविको अस्ताउँदो छवि ! 
उदाउँदो रविको अस्ताउँदो छवि !  उदीयमान दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने एकपछि अर्को गम्भीर प्रकृतिका नैतिक प्रश्नले घेरिँदै आएका छन्। उनको स्पष्टीकरणले कुनैपनि प्रश्नको सही जवाफ नपुगेर विवाद जारी छ । लामिछाने मात्र होइन उनकै एकजना सहयोगी आर्थिक अपचलनको आरोप लागेपछि पदमुक्त भइसकेका छन् । सभापति लामिछानेकै अध्यक्षतामा बसेको रास्वपाको बैठकले नै उनलाई...
चीनको युनानमा पहिरोमा पुरिएर कम्तिमा ८ जनाको मृत्यु, ३९ जना बेपत्ता
चीनको युनानमा पहिरोमा पुरिएर कम्तिमा ८ जनाको मृत्यु, ३९ जना बेपत्ता सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ समय अनुसार सोमबार बिहान ५ बजेर ५१ मिनेटमा झाओटोङ सहरको लियाङसुई गाउँमा दुर्घटना भएको हो । पहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३९ जना बेपत्ता भएका छन् । 
मानव अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी
मानव अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी मंगलबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धतालाई योजनावद्ध रुपमा कार्यान्वयन गर्ने पनि बताए । सो क्रममा उनले सरकारले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माण र कार्यन्वयनमा ध्यान दिएको उल्लेख गरे । 
नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकोले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।
२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव
२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।
कांग्रेस नेतृ द्रौपदा पोखरेलको निधन
कांग्रेस नेतृ द्रौपदा पोखरेलको निधन नेपाली कांग्रेसका नेतृ द्रौपदा शर्मा पोखरेलको मंगलबार बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
एमालेले सरकारलाई बुझायो ७५१ बुँदामा जनताको नासो
एमालेले सरकारलाई बुझायो ७५१ बुँदामा जनताको नासो ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरूले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए ।
Weather Update