राष्ट्रपतिले गरे संसद् बैठक आह्वान बुधबार, माघ १०, २०८०

नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पक्राउ बुधबार, माघ १०, २०८० गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।
-1702107356.jpg)
हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस, तापक्रम माइनस १० डीग्री सेल्सियस बुधबार, माघ १०, २०८० मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको छ । विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्रसिंहले बताए । बादल लागेसँगै अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल...

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बुधबार, माघ १०, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय प्रा. ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपालले महत्त्वपूर्ण विकेट गुमायो, ओपनर अर्जुन कुमाल ६ रनमै आउट बुधबार, माघ १०, २०८० आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ । ओपनर अर्जुन कुमाल ६ रन बनाउँदा आउट भएका छन् ।

पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या बुधबार, माघ १०, २०८० धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका– ४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यू–१९ विश्वकप : पाकिस्तानविरूद्ध नेपालले नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने बुधबार, माघ १०, २०८० आईसीसी यू–१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा १ जना पक्राउ बुधबार, माघ १०, २०८० पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका ४ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरञ्जन बुढाथोकी छन् । उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा पूर्वी तराईको जनजीवन प्रभावित बुधबार, माघ १०, २०८० बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिनअघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।

काठमाडौंको आकाशमा बादल, पानी पर्ने वातावरण अझै बनेन बुधबार, माघ १०, २०८० नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौंको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।

अब एसईईमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड बुधबार, माघ १०, २०८० राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसईई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ ।

आजदेखि शहीद सप्ताह सुरु, शास्त्रीको सालिकमा माल्यार्पण बुधबार, माघ १०, २०८० आजदेखि शहीद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनको योगदानलाई सम्झिएको छ । उपमेयर सुनिता डङ्गोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरेका छन् । उपमेयर सुनिता डङ्गोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको...

स्वीडेनलाई नेटो सदस्य राष्ट्र बन्न बाटो खुला बुधबार, माघ १०, २०८० स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई संसद्मा लामो समय छलफल गरेपछि मतदान गर्ने क्रममा चार जना सांसद अनुपस्थित थिए भने ५५ जनाले प्रस्तावको विपक्षमा मतदान गरे । स्वीडेनले सन् २०२२ मा नाटो सदस्यताका लागि आवेदन दिएको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले यो निर्णय लिएको थियो ।









