News Griha :: न्यूजगृह
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पक्राउ

काठमाडौं— नेपाल टेलिकमका पूर्वप्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।

दुवै जनामाथि यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।  त्यही सिलसिलामा उनीहरूमाथि गैरकानूनी सम्पत्ति आर्जनको उजुरी समेत परेको थियो । अख्तियार स्रोतले भन्यो, ‘पटकपटक बोलाउँदा नआएपछि उनीहरूमाथि निगरानी बढाइएको थियो, आज पक्राउ गरिएको हो ।’

अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:०९
Weather Update