पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या

कैलाली— धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।
छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका– ४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हाम फालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
।
पारिवारिक विवादका कारण उनले बुधबार बिहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १४:०५