News Griha :: न्यूजगृह
यी हुन् राष्ट्रिय सभामा विजयीहरू [विवरणसहित]
यी हुन् राष्ट्रिय सभामा विजयीहरू [विवरणसहित] संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् ।रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरूले उम्मेदवार बनाएका थिए ।
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे घोटालाः पौडेलद्वयलाई ७ दिन हिरासतमै राखिने
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे घोटालाः पौडेलद्वयलाई ७ दिन हिरासतमै राखिने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन नभएपनि पौडेलद्वयका अधिवक्ताले हिरासत भन्दा बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।
फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो
फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो बिहीबार भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । त्यस्तै, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो मत परिणामले राष्ट्रिय सभामा दलीय समीकरण फेरिएको हो ।  यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी...
कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित
कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन: बागमतीका चारै सिटमा गठबन्धन
राष्ट्रिय सभा निर्वाचन: बागमतीका चारै सिटमा गठबन्धन बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सिटमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश राजधानी हेटौंडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका र एकीकृत समाजवादीका १/१ जना उम्मेदवार विजयी भएका हुन् । 
राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिमका ३ सिटमा सत्ता गठबन्धन
राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिमका ३ सिटमा सत्ता गठबन्धन राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।अपांगता भएकातर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए ।  
राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्ण सिटौला विजयी
राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्ण सिटौला विजयी स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ । महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । उनले माओवादीकी चम्पा कार्कीलाई हराएकी छन् ।
राष्ट्रिय सभा निर्वाचन  मधेस प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’
राष्ट्रिय सभा निर्वाचन  मधेस प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेसमा खाली दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार ढुङ्गानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७...
कोशीमा रुक्मिणीले जोगाइन एमालेको ‘साख’
कोशीमा रुक्मिणीले जोगाइन एमालेको ‘साख’ कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् ।
बालेनले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार, गएनन् मतदान गर्न 
बालेनले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार, गएनन् मतदान गर्न  काठमाडौं महानगरपालिकाका मेयर बालेन साह राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने भएका छन् । मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने ।
क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेका बेला ६ जना पक्राउ
क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेका बेला ६ जना पक्राउ क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइरहेको अवस्थामा पोखराबाट भारतीय मूलका क्यानडेली नागरिकसहितको ‘गिरोह’लाई नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 
राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो
राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो निर्वाचन आयोगले बिहीबार साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ ।
Weather Update