राष्ट्रिय सभा निर्वाचन: बागमतीका चारै सिटमा गठबन्धन

हेटौंडा— बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सिटमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश राजधानी हेटौंडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका र एकीकृत समाजवादीका १/१ जना उम्मेदवार विजयी भएका हुन् ।
कांग्रेसका विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १८:१३