News Griha :: न्यूजगृह
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे घोटालाः पौडेलद्वयलाई ७ दिन हिरासतमै राखिने

काठमाडौं— विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन नभएपनि पौडेलद्वयका अधिवक्ताले हिरासत भन्दा बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।

सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो । 

अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:२७
Weather Update