News Griha :: न्यूजगृह
थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ 
थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरबल यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।
धादिङमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किए, ६ जना घाइते 
धादिङमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किए, ६ जना घाइते  दुर्घटनामा तीन वटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते छन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सन्तुलाल जैसवालका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको टोखा नगरपालिका–२ का २८ वर्षीय विजय डंगोल र पछाडि सवार ४६ वर्षीय मिना डंगोल घाइते छन् ।  
टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु बिहीबार राति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल ठक्कर दिँदा चालक सिन्धुपाल्चोकको बलेफी–५ का ४३ वर्षीय उद्धवप्रसाद नेपालको मृत्यु भएको हो ।
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित]
आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।
आईसीसी यू–१९ विश्वकप क्रिकेट: सुपर सिक्समा पुग्न नेपाललाई जित्नैपर्ने दबाब
आईसीसी यू–१९ विश्वकप क्रिकेट: सुपर सिक्समा पुग्न नेपाललाई जित्नैपर्ने दबाब आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । किनभने विजेताले सुपर सिक्स चरणमा स्थान पक्का गर्नेछ । यसअघिका दुवै खेलमा पराजित नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नैपर्ने दबाब छ । नेपाल यसअघि पहिलो खेलमा न्युजिल्याण्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । 
कांग्रेस स्थापनाको बित्यो ७७ वर्ष, आज ७८ औँ स्थापना दिवस मनाउँदै
कांग्रेस स्थापनाको बित्यो ७७ वर्ष, आज ७८ औँ स्थापना दिवस मनाउँदै नेपालमा कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुँदै २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२/०६३ सालको दोस्रो जनआन्दोलन हुँदै संविधानसभामार्फत संविधान घोषणामा समेत कांग्रेसकै नेतृत्व थियो । संविधानबमोजिम निर्वाचन गराउने काममा समेत कांग्रेस नेतृत्व सफल हुँदै आएको छ । हाल संसद्को ठूलो दल कांग्रेस केन्द्र...
७ हजार रुपैयाँ घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ
७ हजार रुपैयाँ घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । 
काठमाडौंमा आज यस वर्षकै धेरै चिसो महसुस
काठमाडौंमा आज यस वर्षकै धेरै चिसो महसुस काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको...
निर्विवाद हुन सकेनन् राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना 
निर्विवाद हुन सकेनन् राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना  सभामुख बस्दै आएको उक्त निवास सापकोटालाई दिनुपर्ने आवाज उठ्दा त्यहाँ राजनीतिक पूर्वाग्रह प्रष्ट देखिएको थियो । विवादमा आएका बेला अध्यक्ष तिमिल्सिना भने राजनीतिक पूर्वाग्रहका कारण आफूलाई विवादमा ल्याउने गरेको प्रतिक्रिया दिने गरेका छन् । स्वच्छ छवि र लगनशील नेताको परिचय बनाएका तिमिल्सिनाका ६ वर्ष सन्तोषजनक रहेपनि विवादरहित हुन भने नसकेको...
के हुँदैछ संसद्को हिउँदे अधिवेशनमा ?
के हुँदैछ संसद्को हिउँदे अधिवेशनमा ? संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे अधिवेशन आह्वान गरेका हुन् । संसद् सचिवालय आन्तरिक तयारीमा जुटेको छ । राष्ट्रपति कार्यालयबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएको र सोहीअनुसार तयारीमा जुटेको संघीय संसद् सचिवालयका...
धारिलो हतियार प्रहार गरी म्याग्दीमा २२ वर्षीय युवकको हत्या
धारिलो हतियार प्रहार गरी म्याग्दीमा २२ वर्षीय युवकको हत्या बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली
काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ ।
Weather Update