चार्ल्स तृतीय अस्पताल भर्ना शनिबार, माघ १३, २०८०
![न्यूरोडमा पार्किङ निषेध : कोही खुसी, कोही आक्रोशित [भिडिओ]](https://newsgriha.com/themes/newsgriha/images/default.png)
न्यूरोडमा पार्किङ निषेध : कोही खुसी, कोही आक्रोशित [भिडिओ] शनिबार, माघ १३, २०८०

काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस मापन शनिबार, माघ १३, २०८० काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

यू–१९ विश्वकप क्रिकेटः नेपाल सुपर सिक्समा, अफगानिस्तान १ विकेटले पराजित शुक्रबार, माघ १२, २०८० अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । आकाश चन्दले बलिङ र कप्तान देव खनालले ब्याटिङमा सानदार प्रदर्शन गरेपछि समूहचरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानको चुनौतीलाई पन्छाउँदै दोस्रो चरण पुगेको हो ।

विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीलाई कुटेको बारेमा छानबिन गर्न समिति गठन शुक्रबार, माघ १२, २०८० त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताएका छन् ।

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य शुक्रबार, माघ १२, २०८० यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो ।नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले...

प्रहरी जवानले कुटे विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृत शुक्रबार, माघ १२, २०८० त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो ।

२ अर्ब बढी रकम अपचलन गरेको आरोपमा इमेज सहकारीका कोषाध्यक्ष पक्राउ, ढोरपाटनका मेयर अझै फरार शुक्रबार, माघ १२, २०८० इमेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका ३ बस्ने २७ वर्षीया लक्ष्मी सेन सुनार छिन् । उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ शुक्रबार, माघ १२, २०८० मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

यू–१९ विश्वकप: अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, दुई ओभरमा लियो दुई विकेट शुक्रबार, माघ १२, २०८० दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिएको छ । नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए ।

माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइए खगराज शुक्रबार, माघ १२, २०८० नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेता खगराज भट्टलाई हटाएको छ ।११ जना सदस्य रहेको माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई हटाउने निर्णय भएको हो । बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको सांसद ओमविक्रम भाटले बताए ।

लक्ष्यअनुसार राजश्व नउठेपछि सरकार दबाबमा शुक्रबार, माघ १२, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेकोे बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।
-1706255557.jpg)
प्रेमप्रसाद आत्मदाहको वर्षदिन : मन्त्रीले नै बाचा पुरा गरेनन् शुक्रबार, माघ १२, २०८० चौतर्फी घेराबन्दीमा परेर आफूले आत्महत्याको बाटो रोजेको उनको भनाइ थियो । आचार्यलाई आत्महत्या गर्न बाध्य पारिएका व्यक्तिहरूविरुद्ध आत्महत्या दुरुत्साहन बारे किटानी जाहेरी समेत परेको थियो । जाहेरी परेकाहरूसँग प्रहरीले सोधपुछ गरेको थियो । तर छानविन समितिले प्रतिवेदन भने सार्वजनिक गरेको छैन् ।









