News Griha :: न्यूजगृह
चार्ल्स तृतीय अस्पताल भर्ना
REUTERS/BBC

काठमाडौं— बेलायतका राजा चार्ल्स तृतीय लन्डनको एक निजी अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका बिरामी हुन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त निजी क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

बकिङ्घम प्यालेसले राजा चार्ल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ ।यसअघि पनि बिरामी भएका चार्ल्सले शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०८:३६
Weather Update