पूर्वी पहाडमा हिमपात, पाथीभरा क्षेत्र सुनसान आइतबार, माघ १४, २०८०

चार प्रदेशमा हिमपातको सम्भावना आइतबार, माघ १४, २०८० नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको र देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध इन्टरपोलले जारी गर्यो डिफ्युजन नोटिस आइतबार, माघ १४, २०८० ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ । उजुरी परेका सबै जिल्लाबाट फाइल मगाएर सीआईबीले अनुसन्धान थालेको हो ।

विमानस्थलमा यात्रु जाँच पनि सशस्त्रबाट हुनुपर्ने माग शनिबार, माघ १३, २०८० शुक्रबार अपराह्न १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन गरी तीनवटा एकाइ समितिले संयुक्त विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
![हलिउड अभिनेता जेट ली लुम्बिनीमा, विश्व शान्तिको प्रार्थना गर्दै [भिडिओ]](https://newsgriha.com/uploads/posts/zetel-1-1706362497.jpg)
हलिउड अभिनेता जेट ली लुम्बिनीमा, विश्व शान्तिको प्रार्थना गर्दै [भिडिओ] शनिबार, माघ १३, २०८० बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व चर्चित हलिउड अभिनेता जेट ली विश्व शान्तिको प्रार्थना गर्दै बसेका छन् । उनी बिहीबारदेखि लुम्बिनीमा सुरु भएको बुम्चोक पूजामा आएका हुन् । महायानी अन्तर्गत महागुरूको स्मृतिमा सुरु भएको ५ दिने शान्ति पूजामा उनी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बस्ने गरेका छन् ।

कार्यकर्तालाई प्रचण्डको प्रश्न- १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन आँट आएन ? शनिबार, माघ १३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६२/०६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरूको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरूले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।
बिहे गर्न वडाको सिफारिस अनिवार्य शनिबार, माघ १३, २०८० वैशाखयता पाँचजना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । यो वडाको सुडीगाउँमा दुईवटा र घोडेगाउँमा एउटा बालविवाह रोक्ने काम भएको वडाध्यक्ष रोकाएले जानकारी दिए।

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने शनिबार, माघ १३, २०८० धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।काठमाडौं महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।
-1706355901.png)
घेराबन्दी गर्ने कसरत भइरहेको छ : प्रधानमन्त्री दाहाल शनिबार, माघ १३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको बताएका छन् ।पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारण सभामा उनले शान्तिप्रक्रियामा आएपछि पनि वैचारिक राजनैतिक र सांस्कृतिकरूपले घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको भन्दै अझ कतिपय सन्दर्भमा बढाउने जमर्को पनि भइरहेको बताएका हुन्...

कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव शनिबार, माघ १३, २०८० नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रूपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे ।बिहीबार सम्पन्न राष्ट्रियसभा...

विश्वप्रकाशले भने- हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन् शनिबार, माघ १३, २०८० यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरूप यात्रा आरम्भ गरेको बताए । उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरू भुँई मान्छेको प्रतिनिधि भएको जिकिर गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य...

चिनियाँ उपमन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई शनिबार, माघ १३, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

कटन क्यान्डी बिक्रीवितरण गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना शनिबार, माघ १३, २०८० शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।









