News Griha :: न्यूजगृह
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध इन्टरपोलले जारी गर्‍यो डिफ्युजन नोटिस

काठमाडौं—सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न गत मंसिर अन्तिम सातामै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । 

सोही पत्रअनुसार इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो । डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजी गर्ने छन् । उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ । 

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ । उजुरी परेका सबै जिल्लाबाट फाइल मगाएर सीआईबीले अनुसन्धान थालेको हो ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०५:३७
Weather Update