घेराबन्दी गर्ने कसरत भइरहेको छ : प्रधानमन्त्री दाहाल
-1706355901.png)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको बताएका छन् ।
पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारण सभामा उनले शान्तिप्रक्रियामा आएपछि पनि वैचारिक राजनैतिक र सांस्कृतिकरूपले घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको भन्दै अझ कतिपय सन्दर्भमा बढाउने जमर्को पनि भइरहेको बताएका हुन् ।
उनले भने, ‘शान्तिप्रक्रियामा आएपछि पनि वैचारिक, राजनैतिक र सांस्कृतिकरूपले हामीलाई घेराबन्दी गर्ने बदनाम गर्ने कसरत भएकै हो र भइराखेकै छ अहिले पनि । अझ कतिपय सन्दर्भमा त्यो बढाउने जमर्को पनि भएको छ, यस्तो बेला हामीले शहीद प्रतिष्ठान नेपालको साधारण सभा गर्दै गर्दा विगतको सामान्य समीक्षा गर्दै आउने दिनहरूको निम्ति आफ्नो कार्यभारलाई अझ प्रभावकारी बनाउनेतर्फ सोच्न आवश्यक छ ।’
प्रकाशित मिति: शनिबार, माघ १३, २०८० १७:३०