चिनियाँ उपमन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।
उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: शनिबार, माघ १३, २०८० ११:३०