News Griha :: न्यूजगृह
काठमाडौंको तापक्रम घट्दो, तराईका अधिकांश स्थानमा हुस्सु 
काठमाडौंको तापक्रम घट्दो, तराईका अधिकांश स्थानमा हुस्सु  देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।
अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो
अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो  गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई त्यहाँबाट हटाइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई यसबारे जानकारी दिएका हुन् । 
समिति बैठकमा झोँक्किए कानुनमन्त्री गुरुङ, ‘खुसुक्क छिराएछ भनेको के हो ?’ 
समिति बैठकमा झोँक्किए कानुनमन्त्री गुरुङ, ‘खुसुक्क छिराएछ भनेको के हो ?’  संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ आइतबार झोँक्किएका छन् । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकबारेको छलफल चलिरहँदा सदस्यहरूले सुटुक्क पास गर्न खोजिएको भनाइ राखेको भन्दै उनी झोँक्किएका हुन् ।
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो । सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ माग्ने गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । 
नेप्से १० अंकले बढ्यो, तीन अर्ब ८३ करोडको कारोबार
नेप्से १० अंकले बढ्यो, तीन अर्ब ८३ करोडको कारोबार साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ ।
पूर्वराजाको चित्त दुखाई
पूर्वराजाको चित्त दुखाई पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको सपरिवार हत्या भएको घटना स्मरण गरेका छन् । २०५८ जेठ १९ को शुक्रबार भएको राजपरिवारको हत्याकाण्डसँग आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा शाहले गुनासो गरेका छन् । नागरिक अभिनन्दन ग्रहण वीरगञ्ज पुगेका पूर्वराजा शाहले शनिबार उपस्थित माझ राजदरबार हत्याकाण्डपछि ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको...
गृह मन्त्रालयले भन्यो— यस वर्षको शहीद दिवसमा बिदा छैन
गृह मन्त्रालयले भन्यो— यस वर्षको शहीद दिवसमा बिदा छैन २०८१ सालको शहीद दिवसमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सरकारले यो वर्ष शहीद दिवस (माघ १६)मा बिदा नभएको स्पष्ट गरेको छ ।
घुस दिएको आरोपमा सेवाग्राहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा 
घुस दिएको आरोपमा सेवाग्राहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागमा  करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली अब हिरो, खेल्ने भए फिल्म 
एमाले अध्यक्ष केपी शर्मा ओली अब हिरो, खेल्ने भए फिल्म  आज काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको घोषणासँगै शुभमुहूर्त गरी यो जानकारी दिइएको हो । यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् ।  रमित ढुङ्गानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जीवनीमा आधारित हुनेछ । 
सर्वोच्चले उठायो पत्रपत्रिकाको विश्वसनियतामाथि प्रश्न   
सर्वोच्चले उठायो पत्रपत्रिकाको विश्वसनियतामाथि प्रश्न    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको  अवहेलना  मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका प्रचण्डलाई गत पुस २० मा सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको थियो ।
भिजिट भिसा सेटिङ प्रकरण: विमानस्थल अध्यागमन कार्यालयका ८ अधिकृत फरार
भिजिट भिसा सेटिङ प्रकरण: विमानस्थल अध्यागमन कार्यालयका ८ अधिकृत फरार भिजिट भिसामा सेटिङको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार छन् ।  प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ । उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन् । ...
सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी
सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।
Weather Update