गुडिरहेको बसमा आगो लाग्यो मंगलबार, माघ १६, २०८०

काठमाडौं महानगर भन्छ– न्यूरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ मंगलबार, माघ १६, २०८० व्यवसायीले विकल्प दिनुपर्ने भनिरहेका बेला महानगरपालिकाले यस्तो दाबी गरेको हो । महानगरले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको जनाएको छ । यो संख्या साविक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङको सङ्ख्याभन्दा धेरै हो ।

अमेरिकी राष्ट्रपति चुनाव: रिपब्लिकनबाट उम्मेदवार बन्न प्रतिस्पर्धा मंगलबार, माघ १६, २०८० अमेरिकी राष्ट्रपति पदको चुनावका लागि रिपब्लिकन पार्टीले उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अहिलेसम्म २ वटा राज्यमा भएको प्राथमिक चुनाव (ककस)मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाजी मारेका छन् । यसबीचमा ट्रम्पले उम्मेदवारको प्रतिस्पर्धामा रहेकी निक्की हेलीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, हेलीले ट्रम्पको आग्रहलाई अस्वीकार गर्दै...

मिटरब्याज पीडितलाई न्याय दिलाउन नसकेको भन्दै सिरहाका प्रजिअ र एसपीलाई जिम्मेवारीबाट हटाइयो मंगलबार, माघ १६, २०८० छलफलमा सहभागी कल्याणपुरका अमर यादव लगायतले साहु सूर्यकुमार यादवमाथि हातपात गरेका थिए । त्यसपछि प्रशासनले पीडितलाई नै थुनेर मिटरब्याजको मुद्दामा छलफल गराउन सकेको थिएन । पीडितलाई न्याय दिनुको सट्टा साहुको पक्षपोषण गरेको भन्दै उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै मंगलबार, माघ १६, २०८० इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपूतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी दिवस मनाउने कार्यक्रम जारी छ...

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना मंगलबार, माघ १६, २०८० तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।

सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने, खाजा समय दिउँसो १:३० देखि २ बजेसम्म मंगलबार, माघ १६, २०८० सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।

एनसेल बिक्री अस्वाभाविक‚ १ खर्ब बढी रकम विदेशियो मंगलबार, माघ १६, २०८० एनसेलले १ खर्ब भन्दा बढी रकम विदेशमा लगेको खुलासा भएको छ । एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न गठित उच्चस्तरीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा १ खर्बभन्दा बढी रकम विदेश लगेको खुलेको हो ।डेढ महिनाभन्दा बढी समय अनुसन्धान गरेर समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । सरकारलाई...

एनसेलको शेयर छानबिन समितिको प्रतिवेदनमा के छ ? मंगलबार, माघ १६, २०८० आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । एनसेलको अधिकांश शेयर खरिदबिक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।

तीन साताको नाबालकसहित बेपत्ता महिला मृत भेटिइन् सोमबार, माघ १५, २०८० त्यसपछि ती सामान भेटिएको स्थान आसपास क्षेत्रमा स्थानीय र प्रहरी मिलेर उनको खोजी गरेका थिए । खोजीका क्रममा केही तल तमोर नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन । ताप्लेजुङ प्रहरीले घटनाबारे अनुसन्धान र नाबालकको खोजी भइरहेको जनाएको छ...

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री सोमबार, माघ १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले २०५९ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन हुने बताएका हुन् ।

बुधबार प्रहरी संगठन संरचना प्रदेशलाई हस्तान्तरण हुने सोमबार, माघ १५, २०८० प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समायोजनको विषयमा जानकारी गराएका थिए । भेटकामा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजनमा भइरहेको विलम्बको कारणबारे जानकारी लिएका थिए । ‘प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र माघ १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने तयारी छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रहरी समायोजनको बाँकी काम प्रक्रियागत...

२ थान सुनको रिङ लुट्न ६२ वर्षीया वृद्धाको हत्या सोमबार, माघ १५, २०८० उनले कानमा लगाएको सुनको गहना लुट्नका लागि हत्या भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो । प्रहरीका अनुसार घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बन्चरो र मृतकले प्रयोग गर्ने मोबाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली भेटिएको थियो ।









