मैले ड्याङड्याङ मिसाइल हान्दिने हो : ओली मंगलबार, माघ १६, २०८०

युट्युबर मनोज मानव फेरि पक्राउ मंगलबार, माघ १६, २०८० रकम लेनदेन र अश्लील गाली गरेपछि विवादमा मुछिएका युट्युबर महतोलाई एकजना महिलाको चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार हिरासतमा लिएको हो । ब्युरोका उपनिर्देशक एसपी पशुपतिकुमार रायका अनुसार उनीविरुद्ध एकजना महिलाले उजुरी दिएकी थिइन् ।

नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी दोषी ठहर, २ अर्ब हाराहारी राज्यकोषमा बुझाउनुपर्ने मंगलबार, माघ १६, २०८० नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ ।न्यायाधीश डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना...

निर्माणधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु मंगलबार, माघ १६, २०८० मृत्यु हुनेमा न्युरोडमा कार्यालय रहेको मुक्ति इनर्जी प्रालिका इन्जिनियर पोखरा– ८ रत्नचोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई छन् । पोखरा–६ खहरेचोकमा निर्माणाधीन चिनीमाया भण्डारीको घरको पाँचौ तलाको लिफ्टबाट उनी मंगलबार दिउँसो खसेका हुन् ।

उकालो लाग्यो शेयर बजार, साढे पाँच अर्बको भयो कारोबार मंगलबार, माघ १६, २०८० चन्द्रागिरि हिल्स लिमिटेड, रावा इनर्जी पावर लिमिटेड, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्सको अगाडि रह्यो । उक्त कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । ज्ञादी ग्रुप अफ पावरको २२ करोड २० लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड...
-(7)-1706608810.jpg)
क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने ७ पक्राउ मंगलबार, माघ १६, २०८० प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, २६ वर्षका रोशन चौधरी जैसवाल, २३ वर्षका शिवमकुमार यादव, २४ वर्षका हरिशंकर चौधरी छन् ।

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय मंगलबार, माघ १६, २०८० यसअघि इमरान खानलाई भ्रष्टाचारमा ३ वर्ष जेल सजाय सुनाइएको थियो र उनी हाल कारावासमा छन् । पाकिस्तानमा आउँदो ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा प्रमुख दलका नेता इमरान खान र पार्टी उपाध्यक्ष कुरेसीलाई जेल सजाय सुनाइएको हो ।

संसद्लाई ‘विजनेस’ दिन प्रधानमन्त्रीको निर्देशन मंगलबार, माघ १६, २०८० माघ २२ गतेबाट प्रारम्भ हुने संसद्लाई ‘विजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर अघिल्लो संसद् अधिवेशनले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेको भन्दै संसद्लाई विजनेस दिन र...

पीडितले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण देखिन्न, स्टारडमको आडमा बलात्कार गरेका हुन् मंगलबार, माघ १६, २०८० अदालतले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ ।

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन मंगलबार, माघ १६, २०८० हृदयघातका कारण उनको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

ललाइफकाइ १५ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार, १९ वर्षीय युवक पक्राउ मंगलबार, माघ १६, २०८० मेचीनगर नगरपालिका– १२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी– ८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो ।

किन भइरहेको छ पाथीभरामा केबलकार निर्माणको विरोध? मंगलबार, माघ १६, २०८० ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीयले विरोध गरेका छन् । पाथीभरामा केबलकार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीयले यसकाविरुद्ध पटकपटक प्रदर्शन समेत गर्दै आएका छन् ।

श्रद्धा र सम्मान प्रकट गरेर मनाइयो शहीद दिवस मंगलबार, माघ १६, २०८०









