काठमाडौं— नेप्से परिसूचकमा मंगलबार तेस्रो दिन पनि सुधार छ । परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) शेयर बजार २११९.६१ विन्दुमा बन्द भएको छ । आज पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
३०८ कम्पनीको कारोबार भएकोमा १५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेड, रावा इनर्जी पावर लिमिटेड, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्सको अगाडि रह्यो । उक्त कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । ज्ञादी ग्रुप अफ पावरको २२ करोड २० लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख र अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाखको शेयर कारोबार भएको छ ।
मंगलबार १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक स्थिर छ । निर्जीवन बिमा, वाणिज्य बैंक र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ ।