उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

काठमाडौं— उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ ।
हृदयघातका कारण उनको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० १३:४७













