क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने ७ पक्राउ
-(7)-1706608810.jpg)
काठमाडौं— प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, २६ वर्षका रोशन चौधरी जैसवाल, २३ वर्षका शिवमकुमार यादव, २४ वर्षका हरिशंकर चौधरी छन् ।
उनीहरूबाट बिभिन्न ब्रान्डका मोबाइल १६ थान र चार थान ल्यापटप बरामद भएको छ ।
उनीहरूलाई नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० १५:४५













