News Griha :: न्यूजगृह
ललाइफकाइ १५ वर्षीया किशोरीलाई होटलमा लगेर बलात्कार, १९ वर्षीय युवक पक्राउ

विराटनगर— १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका– १२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी– ८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार शनिबार राति ती युवकले किशोरीलाई ललाइफकाइ गरी होटलमा लगेर बलात्कार गरेका थिए । किशोरीका आफन्तले बलात्कार गरेको जानकारीसहित प्रहरीमा उजुरी गरेका थिए । 

घटनापछि सम्पर्कविहीन भएका युवकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।  किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:२२
Weather Update