News Griha :: न्यूजगृह
निर्माणधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पोखरा निर्माणधीन घरमा तातोपानीको प्रणाली सर्भेका लागि गएका एक इन्जिनियरको मंगलबार लिफ्टबाट खसेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा न्युरोडमा कार्यालय रहेको मुक्ति इनर्जी प्रालिका इन्जिनियर पोखरा– ८ रत्नचोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई छन् । पोखरा–६ खहरेचोकमा निर्माणाधीन चिनीमाया भण्डारीको घरको पाँचौ तलाको लिफ्टबाट उनी मंगलबार दिउँसो खसेका हुन् । 

उनलाई उपचारार्थ गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो । उपचारका क्रममा  उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:३१
Weather Update