रास्वपाले बोलायो संसदीय दलको बैठक बुधबार, माघ १७, २०८०

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बुधबार, माघ १७, २०८० भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटका २४ वर्षीय समन भुजेल छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिभिजनले जननी हुनुको गौरव जोगाएको छ : प्रधानमन्त्री दाहाल बुधबार, माघ १७, २०८० बुधबार देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनको स्थापना दिवसको अवसरमा दाहालले शुभकामना व्यक्त गर्दै टेलिभिजनले आफ्नो स्थापनाको गौरवलाई जोगाउन सफल भएको बताए । उनले टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल परिमार्जित र प्रविधिमैत्री बनाउँदै लैजान पर्नेमा जोड दिए ।

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री बुधबार, माघ १७, २०८० कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए । त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ ।

रुसी शक्तिशाली लडाकु विमान क्षतिग्रस्त बुधबार, माघ १७, २०८० जुलाई २०२३ मा युक्रेनले रुसको किन्जल हाइपरसोनिक मिसाइल खसालेको दाबी गरेको थियो । युक्रेनी वायुसेनाका अनुसार उनीहरूले रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘किन्झाल’लाई अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमसँग नष्ट गरेको थियो ।

अभिनयबाट ब्रेक लिँदै प्रभास बुधबार, माघ १७, २०८० अब भने दर्शकले उनको फिल्म हेर्न केही समय पर्खनुपर्नेछ । किनकी उनी अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदैछन् । प्रभासले ‘सालार’ को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन् । अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ ।...

अदालतको दाबी : गौशाला-२६ सँग सन्दीपको प्रेम सम्बन्ध थिएन, पहिलो भेटमै करणी गरे बुधबार, माघ १७, २०८० क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी किटान गरिएको काठमाडौं जिल्ला अदालतको ७६ पृष्ठको फैसला सार्वजनिक भएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासबाट सन्दीपलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय निर्धारणसमेत भइसकेको छ ।पुस ३ मा भएको फैसला र पुस २५ मा भएको सजाय निर्धारणको निर्णयको...

विद्युत महसुल नबुझाउने सात कार्यालयको लाइन काटियो बुधबार, माघ १७, २०८० प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम एक करोड ५३ लाख ४९ हजार ३६५ रहेको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका...

२ जिल्लामा सीडीओ सरुवाः सिराहामा दाहाल, नुवाकोटमा अधिकारी बुधबार, माघ १७, २०८० नुवाकोटमा पनि प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

यी प्रदेशमा वर्षा हुने, चिसो बढ्ने बुधबार, माघ १७, २०८० आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च...

सुपर सिक्सका खेल नखेल्दै बाहिरिएको नेपाललाई २२ वर्षपछि बङ्गलादेशलाई हराउने अवसर बुधबार, माघ १७, २०८० क्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ । त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ ।

होटल भियनामा जुवातास खेलिरहेका ११ जना पक्राउ बुधबार, माघ १७, २०८० प्रहरीले १३ लाख ६२ हजार ५०० रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले ज्याठास्थित अमला रोका मगरले सञ्चालन गरेको होटल भियानाबाट नगदसहित पक्राउ परेका ११ जनालाई मंगलबार सार्वजनिक गरेको हो ।
-1706622735.jpg)
संरक्षणविद् भन्छन्- बाँदर निकासी धर्म-संस्कृतिविरुद्ध मंगलबार, माघ १६, २०८० संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले संस्कृतिसँग जोडिएकाले बाँदर निकासी गर्न नमिल्ने बताएका छन् । समातेर निकासी गर्दैमा पनि समस्याले निकास नपाउने उनको भनाइ छ ।राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा उनले समातेर निकासी गर्दैमा मात्र बाँदरको उपद्रो नरोकिने भएकाले विकल्प खोज्नुपर्ने बताए ।...









