News Griha :: न्यूजगृह
अभिनयबाट ब्रेक लिँदै प्रभास

काठमाडौं— अभिनेता प्रभासको दक्षिण भारतीय फिल्ममा आफ्नो दबदबा चल्छ । ‘बाहुबली २’ को सफलताको ६ वर्षपछि प्रभासले सन् २०२३ मा ब्लकबस्टर फिल्म ‘सालार पार्ट १’ दर्शकलाई दिए । 

अब भने दर्शकले उनको फिल्म हेर्न केही समय पर्खनुपर्नेछ । किनकी उनी अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदैछन् । प्रभासले ‘सालार’ को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन् । अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ । प्रभासले ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका हुन् । 

प्रभास ‘सालार’ बाट प्राप्त प्रतिक्रियाबाट खुसी छन् । ६ वर्षपछि प्राप्त सफलताले पनि प्रभासलाई खुसी दिएको हो । उनी आफ्नो करियरमा अझ बढी केन्द्रित हुन र आन्तरिक शक्ति बढाउन ब्रेक लिन लागेका हुन् । उनी अब नयाँ तरिकाबाट करियरलाई अगाडि बढाउन चाहन्छन् ।  

त्यसो त प्रभास लामो समय ब्रेक लिने मुडमा छैनन् । उनी केवल एक महिनामात्र अभिनयबाट अलग्गिँदै छन् । उनी मार्चमा आफ्नो आगामी प्रोजेक्टको काम सुरु गर्ने मनस्थितिमा छन् । उनी आफ्नो सर्जरीका लागि युरोप जाने तयारीमा छन् । उनलाई केही समयअघि चोट लागेको थियो, त्यो चोट पूर्ण रूपले ठीक हुन सकेको छैन । 

प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ छ । जसमा दीपिका पादुकोण, कमल हासन, अमिताभ बच्चन र दिशा पाटनीको अभिनय छ । यसबाहेक ‘स्पिरिट’ र ‘द राजा साहब’ पनि पाइपलाइनमा छन् ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०८:३७
Weather Update