News Griha :: न्यूजगृह
रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसद्मा प्रस्तुत हुने विधेयक, संसद्मा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

संघीय संसद्को बैठक माघ २२ मा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ । अघिल्लो संसद् बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:५७
Weather Update