विश्वव्यापिकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको छ : प्रधानमन्त्री दाहाल बिहीबार, माघ १८, २०८०

सवारी दुर्घटनामा दुई जनाको मृत्यु बिहीबार, माघ १८, २०८० मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा २१ वर्षीया महिला घरमै मृत फेला, सासु पक्राउ, पति र ससुरा फरार बिहीबार, माघ १८, २०८० सर्लाहीको बलरामा एक महिला घरमै मृत फेला परेकी छन् । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छन् । मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले जानकारी दिए ।

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पानी पर्ने सम्भावना कति? बिहीबार, माघ १८, २०८० पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भइरहेको हो ।

प्रिमियर लिगमा लिभरपुलको शानदार जित बिहीबार, माघ १८, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित दर्ता गरेको हो । लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक–एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए ।

भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री पक्राउ बिहीबार, माघ १८, २०८० जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेको सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

६ महिनामा ३९ हजारलाई मापसे कारबाही बिहीबार, माघ १८, २०८० नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट चार करोड राजश्व सङ्कलन...

विक्रान्त भन्छन् : ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ बिहीबार, माघ १८, २०८० बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन् । यो फिल्मबाट उनले यस वर्षको ‘फिल्मफेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते । जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए ।

पश्चिमी वायुको असर, यी भागमा आज हल्का वर्षादेखि हिमपात बिहीबार, माघ १८, २०८० लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस बिहीबार, माघ १८, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटपिट प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति ? बिहीबार, माघ १८, २०८० सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । बिहीबार बिहान १२ बजेर १ मिनेटबाट लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो ।निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रुपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रुपैयाँ र खाना...

न्यायाधीश गिरीविरुद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश बुधबार, माघ १७, २०८० कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार मिसिल झिकाउने आदेश गरेको हो । रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।

यू–१९ विश्वकपमा नेपाल बङ्गलादेशसँग पराजित बुधबार, माघ १७, २०८० नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बङ्गलादेशसँग पराजित भएको छ ।दक्षिण अफ्रिकामा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बङ्गलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।









