News Griha :: न्यूजगृह
रुसमा हुने मानवतस्करी रोक्न श्रममन्त्री भण्डारीको ध्यानाकर्षण 
रुसमा हुने मानवतस्करी रोक्न श्रममन्त्री भण्डारीको ध्यानाकर्षण  संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करीलाई कमगर्न सहयोग गरेको जानकारी दिएको छ । सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा  स्थायी रुपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरूको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास...
बन्धनहरूलाई रिहा गर्न सहमत छैन हमास 
बन्धनहरूलाई रिहा गर्न सहमत छैन हमास  इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् ।
आइतबारदेखि पश्चिमी वायुको सक्रियता अझै बढ्ने, कहाँकहाँ छ पानी पर्ने सम्भावना ?
आइतबारदेखि पश्चिमी वायुको सक्रियता अझै बढ्ने, कहाँकहाँ छ पानी पर्ने सम्भावना ? हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार शुक्रबार र शनिबार मौसममा सुधार रहे पनि आगामी आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता...
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भइरहेको हो ।
काठमाडौंबाट बाजुरा जाँदै गरेको बस सुनवलमा टिपरसँग ठोक्कियो, १७ जना घाइते 
काठमाडौंबाट बाजुरा जाँदै गरेको बस सुनवलमा टिपरसँग ठोक्कियो, १७ जना घाइते  बिहीबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ गैरे पेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प्र.प ०१–००१ ख ३४८० नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो । 
माघ १९ को त्यो कालो दिन, यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन
माघ १९ को त्यो कालो दिन, यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडिओमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन । २०६२/०६३ को जनआन्दोलनपछि राजतन्त्र नै फालिएको थियो ।
अमेरिकाको डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेस गर्ने १० जना पक्राउ 
अमेरिकाको डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेस गर्ने १० जना पक्राउ  प्रहरीले उनीहरूमध्ये विवेक उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अन्य ७ जनालाई भने काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले बताए ।
रियल मड्रिड लालिलाको शीर्ष स्थानमा
रियल मड्रिड लालिलाको शीर्ष स्थानमा रियल अहिले दोस्रो स्थानको जिरोनाभन्दा २ अंकले अगाडि छ । रियलको ५७ अंक हुँदा जिरोनाको ५५ अंक रहेको छ । रियलको जितमा दुवै गोल जोसेलुले गरेका थिए ।
यू-१९ विश्वकप : नेपाल र भारत भिड्दै
यू-१९ विश्वकप : नेपाल र भारत भिड्दै आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ ।खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ ।  विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती...
व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति 
व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति  चौधरीलाई बिहीबार सीआईबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।
मेचीबाट हिँडेका मिटरब्याज पीडित विराटचोकमा
मेचीबाट हिँडेका मिटरब्याज पीडित विराटचोकमा मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर्ने र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै पीडितले संघर्ष समितिमार्फत मेची–महाकालीबाट एक साथ शान्तिपूर्ण पैदल यात्रा सुरु गरेका हुन् ।
बाँसबारी जग्गा प्रकरणको अनुसन्धानमा राष्ट्रपति कार्यालयको हस्तक्षेप
बाँसबारी जग्गा प्रकरणको अनुसन्धानमा राष्ट्रपति कार्यालयको हस्तक्षेप चौधरी लगायत पक्राउ लगत्तै राष्ट्रपतिका सल्लाहकार सुनिल थापा बिहीबार दिउँसो सीआईबी कार्यालय लाजिम्पाट पुगेका थिए । अनुसन्धान प्रभावित गर्नेगरी राष्ट्रपतिका सल्लाहकार थापा आएपछि सीआईबीका अधिकारीहरूले अस्वाभाविक मानेका छन् । दिउँसो साढे ३ बजेतिर पुगेका थापा झण्डै आधा घण्टा सीआईबी प्रमुख किरण बज्राचार्यको कार्यकक्षमा बसेका थिए । 
Weather Update