पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार आइतबार, माघ २१, २०८०

देशभरको मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना आइतबार, माघ २१, २०८० हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावस्वरूप यतिबेला (आइतबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

विमानस्थल कुटपिट प्रतिवेदन : प्रहरी नेतृत्वकै कमजोरी, यस्ता छन् छानबिन समितिका १० बुँदे सुझाव आइतबार, माघ २१, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट घटनामा गृह मन्त्रालयको छानबिनले प्रहरीको नेतृत्व तहकै कमजोरी ठहर गरेको छ । माघ १२ गते दिउँसो १२ बजे विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच कुटपिट भएको थियो । त्यस घटनाबारे बुझ्न गएका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालमाथि सीसीक्यामेरा नियन्त्रण कक्षमा पनि हातपात भएको...

यस्तो छ माघ २१ गतेको राशिफल आइतबार, माघ २१, २०८० आज २१ माघ २०८०। तदनुसार ४ फेब्रुअरी २०२४ । राशिअनुसार आजको दिन कस्तो छ त, हेर्नुस् राशिफल-

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु शनिबार, माघ २०, २०८० मोरङमा शनिबार भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

राजतन्त्र चाहनेहरू चुनावी मैदानमा आउनुहोस् : माधव नेपाल शनिबार, माघ २०, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यनै नभएको बताएका छन् । एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतीहरू’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए । राजतन्त्र चाहिन्छ भन्नेलाई प्रधानमन्त्री नै...

आइतबार यी प्रदेशमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह शनिबार, माघ २०, २०८० आइतबार नेपालका धेरै स्थानहरूमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ...

‘पूर्वमन्त्रीलाई हतकडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति?’ शनिबार, माघ २०, २०८० एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरी घरानाका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ती जनाएका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओली पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हतकडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाए ।

चौधरी घरानाको कब्जामा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा, अरुण भन्छन्– ‘नियमविपरीत भए फिर्ता गर्छु’ शनिबार, माघ २०, २०८० बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । कारखानाको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको एउटा कम्पनीको नाममा नामसारी भएको घटनामा तीन महिना लामो अनुसन्धानपछि सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई नियन्त्रणमा लिएर अदालतबाट...

पुनम पाण्डे भन्छिन्ः म ज्युँदै छु शनिबार, माघ २०, २०८० क्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट शेयर गरिएको पोस्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो ।

विमानस्थल प्रहरी प्रमुख चन्दले दिए राजीनामा शनिबार, माघ २०, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।उनले व्यक्तिगत कारणले राजीनामा दिएको न्यूजगृहसँग बताए । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।

सुशासन कायम गर्न कर्मचारीहरूको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री शनिबार, माघ २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई साकार पार्न कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताएका छन् । सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए ।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु शनिबार, माघ २०, २०८० शनिबार बिहानै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ढाकावाङ्गको थापाडाडाँमा सडकबाट करिब १५० मिटर जीप तल खसेको हो । दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन । थप विवरण आउँन बाँकी छ ।









