News Griha :: न्यूजगृह
ग्लोबल आईएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण
ग्लोबल आईएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
पूर्वप्रधानमन्त्री चन्दलाई भेटेपछि दुर्गा प्रसाईंले भने– आन्दोलनको तयारीबारे अर्थपूर्ण भेट
पूर्वप्रधानमन्त्री चन्दलाई भेटेपछि दुर्गा प्रसाईंले भने– आन्दोलनको तयारीबारे अर्थपूर्ण भेट पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्र पक्षधर अभियन्ताको रुपमा चिनिएका व्यवसायी दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई भेटेका छन् । प्रसाईंले आइतबार उनकै निवास भक्तपुरको लोकन्थली पुगेर चन्दलाई भेटेका हुन् ।
कांग्रेसले थाल्यो महासमितिको तयारी, उपसमिति बनाएर देउवाले तोके जिम्मेवारी
कांग्रेसले थाल्यो महासमितिको तयारी, उपसमिति बनाएर देउवाले तोके जिम्मेवारी महासमितिको बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका उनले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदयशमशेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका हुन् ।
मेटाको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो, जुकरबर्ग विश्व कै चौथो धनाढ्य
मेटाको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो, जुकरबर्ग विश्व कै चौथो धनाढ्य फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको छ । यो वालस्ट्रिट अर्थात अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो ।
राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी, सिटौलाको सम्भावना कति? 
राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी, सिटौलाको सम्भावना कति?  नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र नेकपा एमालेका १ जना निर्वाचित भएका थिए । यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ । १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ...
तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य योसँगै आइतबार छापावाल सुन १ लाख १८ हजार ९ सय र तेजाबी सुन १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोला सस्तो भएको छ ।
चिलीमा भीषण आगलागी, एक हजार बढी घर जले, ५१ जनाको मृत्यु
चिलीमा भीषण आगलागी, एक हजार बढी घर जले, ५१ जनाको मृत्यु मध्य चिलीमा जङ्गलमा लागेको आगोले भीषणरूप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार टोली पुग्ने सकेको छैन ।
प्रतिनिधि मनोनयनमा विवाद हुँदा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो
प्रतिनिधि मनोनयनमा विवाद हुँदा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो  नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । प्रतिनिधि मनोनयनमा विवाद हुँदा कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले विज्ञप्तिमार्फत जनाएका छन् ।शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुङ्गेलले बताएका हुन् ।
प्रहरी जवानले गरे श्रीमती र साढे २ वर्षीय छोराको हत्या
प्रहरी जवानले गरे श्रीमती र साढे २ वर्षीय छोराको हत्या ‘नेपालगञ्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैँले स्वीकार गरेका छन् । श्रीमती र छोराको हत्यापछि...
सुक्खा पहिरोमा परी सङ्खुवासभामा एक जना घाइते, कोशी राजमार्ग अवरुद्ध 
सुक्खा पहिरोमा परी सङ्खुवासभामा एक जना घाइते, कोशी राजमार्ग अवरुद्ध  सङ्खुवासभाको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु–३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तरदक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।
आज विश्व क्यान्सर दिवस मनाइदै
आज विश्व क्यान्सर दिवस मनाइदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान साढे १० बजे मन्त्रालयको हलमै क्यान्सरविरुद्ध सतर्कता बढाउन छलफल कार्यक्रम राखेको छ । क्यान्सरविरुद्ध पहुँच र सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन शिला श्रेष्ठले बताइन् । 
पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान आजदेखि, पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्ने
पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान आजदेखि, पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्ने रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् । 
Weather Update