News Griha :: न्यूजगृह
ठमेलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं— काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् ।

ठमेलस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार माघ १० देखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । 

सोह्रखुट्टे प्रहरीका एक अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोस्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:४४
Weather Update