News Griha :: न्यूजगृह
मदिरा खाएर गाडी चलाउँदा... 
मदिरा खाएर गाडी चलाउँदा...  बागमती प्रदेश बीएसी ९००६ नम्बरको निजी कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा गाडीमा रहेका नवलपुर गैंडाकोट– १३ का २७ वर्षीय विपिन पराजुली र चितवन भरतपुर महानगरपालिका–१९ का २२ वर्षीय मनिष लामा घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । 
यथास्थितिमा टीआरसी विधेयक पास हुँदैन : केपी ओली
यथास्थितिमा टीआरसी विधेयक पास हुँदैन : केपी ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बताएका छन् । उक्त विधेयक एमालेले संसदबाट पास गर्न नदिने उनले स्पष्ट पारे । 
मुगुको खत्याडमा जलेर दुई बालबालिकाको मृत्यु 
मुगुको खत्याडमा जलेर दुई बालबालिकाको मृत्यु  मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । खत्याड गाउपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिर भएको आगलागीमा परी उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 
एलिना चौहानको गीत 'कट्टा हान्दिन्छु' लाई चोरी आरोप
एलिना चौहानको गीत 'कट्टा हान्दिन्छु' लाई चोरी आरोप आफूले उक्त गीत झण्डै एकवर्षअघि रेकर्ड गराएर अडिओको रुपमा सार्वजनिक गरेको दाबी गरे । 'मैले यो गीत एकवर्षअघि नै रेकर्ड गराएको थिए। अडियो पहिल्यै आएपनि भिडियो बनाउन ढिलो भएको हो। तर, भिडिओ ढिलो आयो भन्दैमा यसरी चोर्न मिल्दैन। गीतको शब्ददेखि लय पनि एउटै छ,' उनले भने । 
विभिन्न मुद्दाका २ अभियुक्त पक्राउ 
विभिन्न मुद्दाका २ अभियुक्त पक्राउ  बारा प्रहरीले विभिन्न मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–६ रौवाहका ६८ वर्षीय जादोलाल राउत र बाराकै आदर्शकोतवाल गाउँपालिका–१ चिउटाहाका ६५ वर्षीय रउदी बैठा छन् ।
उपनिर्वाचनको तयारीमा आयोग: मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान, २३ पद रिक्त 
उपनिर्वाचनको तयारीमा आयोग: मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान, २३ पद रिक्त  निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 
४ सयले घट्यो सुनको मूल्य 
४ सयले घट्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबारपनि ४ सयले घटेको हो । आइतबारछापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी 
टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी  प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी (टीआरसी) विधेयक यही अधिवेशनमार्फत सहमतिमा पास गराउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको बैठकमा दाहालले यही अधिवेशनबाट टीआरसी विधेयक सहमतिमै पारित गराउने बताए ।...
स्वदेश फर्कियो यू–१९ क्रिकेट टोली
स्वदेश फर्कियो यू–१९ क्रिकेट टोली दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 
एमाले धादिङ विवाद मिलाउने प्रयास, भोलिदेखि अधिवेशन सञ्चालन गर्ने तयारी
एमाले धादिङ विवाद मिलाउने प्रयास, भोलिदेखि अधिवेशन सञ्चालन गर्ने तयारी नेकपा एमाले धादिङ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवाद मिलाउने प्रयास गरिएको छ । विवाद मिलाउन केन्द्रबाटै पहलकदमी लिइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनसँग सम्बन्धित दुवै पक्षलाई बालकोटमा बोलाएर छलफल गरेका थिए । छलफलपछि विवाद समाधानका निम्ति उनले संगठन विभागलाई निर्देशन दिएको एमाले बागमती प्रदेश कमिटीका सचिव...
२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिकोमा, फाइनल अमेरिकामा
२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिकोमा, फाइनल अमेरिकामा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा उद्घाटन खेल हुनेछ । यस्तै फाइनल खेल १९ जुलाईमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ । उद्घाटन खेलमा मेक्सिकोले खेल्नेछ...
इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका
इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इन्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमनेशन ...
Weather Update