विभिन्न मुद्दाका २ अभियुक्त पक्राउ

काठमाडौं— बारा प्रहरीले विभिन्न मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–६ रौवाहका ६८ वर्षीय जादोलाल राउत र बाराकै आदर्शकोतवाल गाउँपालिका–१ चिउटाहाका ६५ वर्षीय रउदी बैठा छन् ।
राउत डाका चोरी मुद्दामा र बैठा लागूऔषध चरेस मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेका अभियुक्त हुन् ।
राउतविरुद्ध जिल्ला अदालतले १३ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो । त्यस्तै, बैठाविरुद्ध अदालतले १ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
अदालतले दोषी ठहर गरेपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले माघ २१ गते पक्राउ गरी अदालतमा बुझाएको डीएसपी दधिराम न्यौपानेले बताए ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १२:५०













