News Griha :: न्यूजगृह
कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन
कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । 
यो अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुन्छ : प्रधानमन्त्री
यो अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ, अब अगाडि बढ्छ ।’
व्यवसायी अरुण चौधरीसहितलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
व्यवसायी अरुण चौधरीसहितलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति चौधरीसहित बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र चौधरी ग्रुपकै चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।अहिले बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ । 
२५ हजार अमेरिकी डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
२५ हजार अमेरिकी डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियु आई विङक्यान लाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तर जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटीएम, २७४ शाखा रहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा...
संघीय संसद्को हिउँदे अधिवेशन सुरु [LIVE]
संघीय संसद्को हिउँदे अधिवेशन सुरु [LIVE] संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए ।अधिवेशन आह्वान गरिएअनुसार संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि र राष्ट्रिय) सभाको बैठक बसिरहेको छ । 
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा 
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा  चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । ‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका एक अधिकृतले भने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले अनभिज्ञता प्रकट गरे ।  
१४.५७ अङ्कले बढ्यो नेप्से
१४.५७ अङ्कले बढ्यो नेप्से नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ को बिन्दुमा पुगेको छ । आज ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ । १३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । ४ उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक...
सांसदहरू 'गयल' भएपछि प्रतिनिधि सभामा आजदेखि विद्युतीय हाजिर
सांसदहरू 'गयल' भएपछि प्रतिनिधि सभामा आजदेखि विद्युतीय हाजिर डिजिटल हाजिरलाई अघि बढाउने निर्णय गरिएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ । बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ । यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ ।  
शेखरसँग कांग्रेस कार्यकर्ताको आक्रोश— हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ?
शेखरसँग कांग्रेस कार्यकर्ताको आक्रोश— हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? ‘समुदायमा कांग्रेस’ अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विभिन्न तहका कार्यकर्ताहरूले गुनासो र आक्रोश पोखेका छन् । सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने...
युद्ध रोक्न रुसका राष्ट्रपति पुटिनलाई नेपालबाट पठाइयो ज्ञापनपत्र
युद्ध रोक्न रुसका राष्ट्रपति पुटिनलाई नेपालबाट पठाइयो ज्ञापनपत्र सोमबार दिउँसो काठमाडौंस्थित रुसी दूतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई बिनासर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।
फर्जी कागज बनाएर विद्यालय व्यवस्थापन समिति गठन, जनप्रतिनिधिहरू नै किर्ते काममा लागेको आरोप
फर्जी कागज बनाएर विद्यालय व्यवस्थापन समिति गठन, जनप्रतिनिधिहरू नै किर्ते काममा लागेको आरोप हस्ताक्षरको दूरुपयोग गरी  माइन्युट नै तयार पारी विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भीर विषय प्रस्तावमा नराखी, समितिमा कुनै छलफल नै नगराई जालसाजीपूर्ण तरिकाले व्यवस्थापन समिति गठन गरिएको भन्दै वडा सदस्य राम विनोद लामिछाने, राजकाजी श्रेष्ठ, पार्वती श्रेष्ठ र सीता सुनारले सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाहीको माग राख्दै नगरपालिकामा उजुरी...
Weather Update