News Griha :: न्यूजगृह
व्यवसायी अरुण चौधरीसहितलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं— बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ । 

चौधरीसहित बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र चौधरी ग्रुपकै चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अहिले बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ । 

गत शुक्रबार पक्राउ परेका उनीहरूलाई त्यही दिन सीआईबीले अदालतमा उपस्थित गराएर ४ दिनको म्याद लिएको थियो ।
सीआईबीले उनीहरूविरुद्ध लिखत किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्दैछ। अहिले तीनैजनासँग सीआईबीले बयान लिइरहेको छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:०२
Weather Update