News Griha :: न्यूजगृह
सांसदहरू 'गयल' भएपछि प्रतिनिधि सभामा आजदेखि विद्युतीय हाजिर

काठमाडौं— प्रतिनिधि सभामा डिजिटल (विद्युतीय ) हाजिर सुरु गरिँदै छ । आज बस्ने संसद् बैठकदेखि डिजिटल हाजिर गर्ने निर्णय गरिएको हो । 

डिजिटल हाजिरलाई अघि बढाउने निर्णय गरिएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ । यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ ।  

‘विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भयो,’ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने । 

कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिताका निम्ति सहज हुने सभामुखको अपेक्षा छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:४४
Weather Update