२५ हजार अमेरिकी डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं— २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियु आई विङक्यान लाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको ग्वाङजाउ जान लागेका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १६:५९













