News Griha :: न्यूजगृह
१४.५७ अङ्कले बढ्यो नेप्से

काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से परिसूचक १४.५७ अङ्कले बढेको छ ।

नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ को बिन्दुमा पुगेको छ । आज ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ । १३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । ४ उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  

नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:५९
Weather Update