
६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स मंगलबार, माघ २३, २०८० चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा पुस महिनामा १ खर्ब १९ अर्ब...

रेड्मी नोट १३ सिरिजका स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र अफर मंगलबार, माघ २३, २०८० ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिजका फोन सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।

ओमोडा ई ५ गाडी नेपालमा, कति पर्छ मूल्य ? मंगलबार, माघ २३, २०८० विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई ५ गाडी नेपालमा सार्वजनिक गरेको छ ।

कारोबारको तेस्रो दिन लगातार घट्यो सुनचाँदीको मूल्य मंगलबार, माघ २३, २०८० आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बालेनको नेतृत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन, स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाइने मंगलबार, माघ २३, २०८० समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट विश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट्स...

पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने, माघ २४ गते कार्यालय बन्द गर्ने मंगलबार, माघ २३, २०८० पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टी कार्यालयको झण्डा आधा झुकाउने भएको हो । आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।

रोकियो महामन्त्री थापाको ‘ मेची-महाकाली संवाद यात्रा’ मंगलबार, माघ २३, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले उनले आफ्नो संवाद यात्रा स्थगित गरेका हुन् । झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्दै तत्कालका लागि आफ्नो संवाद यात्रा...

१० कक्षामा पढ्ने १६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ मंगलबार, माघ २३, २०८० दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ भएपछि उनी लामो समयदेखि बलात्कारमा पर्दै आएको घटना सार्वजनिक भएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका साथी एक किशोर र एक युवकलाई पक्राउ गरेको छ ।

उग्र बन्दै लागूऔषध कारोबार, ६ महिनामा ३ हजार कारोबारी पक्राउ मंगलबार, माघ २३, २०८० प्रहरीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानका क्रममा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको कारोबारमा संलग्न हजारौँ अभियुक्त पक्राउ परिसकेका छन् । प्रहरीले नागरिकसँगको सहकार्यमा अभियानमार्फत लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ । प्रहरीका अनुसार विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ ।...

पाकिस्तानको चुनावमा अमेरिकी नजर मंगलबार, माघ २३, २०८० पाकिस्तान हाल विश्वमा पाँचौँ धेरै जनसंख्या भएको देश हो । पाकिस्तानको जनसंख्या हाल २४१.५ मिलियन छ । यहाँ पुरुष मतदाताको संख्या ६.९ करोड छ भने महिला मतदाताको संख्या ५.९ करोड छ । मतदानको उमेर १८ वर्ष छ । पाकिस्तानमा ९६ प्रतिशत मतदाता मुस्लिम, १.५९ प्रतिशत इसाई, १.६ प्रतिशत हिन्दू र...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, माघ २३, २०८० नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान मंगलबार, माघ २३, २०८० उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति हुन इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।








