News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रेड्मी नोट १३ सिरिजका स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र अफर

काठमाडौं —  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिजका फोन सार्वजनिक गरेको छ । 

सोमबार काठमाडौंमा एक कार्यक्रम गरी शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको  हो ।

Prabhu Bank

यी तीनै मोडेलहरूमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् ।​

यस्तो छ  मूल्य र अफर: 

​रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रु. २४,९९९ (६/१२८ जीबी) र रु. २७,९९९ (८/२५६) जीबीमा उपलब्ध हुनेछ ।  रेड्मी नोट १३ किन्दा रु. २,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को अफरमा पाउन सकिनेछ ।

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ३४,९९९ (८/२५६ जीबी) र रु. ३९,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।  रेड्मी नोट १३ प्रो किन्दा रु. २,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।

रेड्मी नोट १३ प्रो फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा  रु. ४७,९९९ (८/२५६ जीबी) र रु. ५२,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।  त्यस्तै रेड्मी नोट १३ प्रो फाइभ जि किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:३८
Weather Update