आकस्मिक बैठक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको र सो विषयमा आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठक मंगलबार बिहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० ०९:२७