News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ओमोडा ई ५ गाडी नेपालमा, कति पर्छ मूल्य ? 

काठमाडौं— विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई ५ गाडी नेपालमा सार्वजनिक गरेको छ ।  

यसमा ६१ किलोवाट प्रतिआवरको ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री जडान गरिएको छ । जसले ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Prabhu Bank

ओमोडा ई ५ गाडी फ्रन्ट ( माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटनमिटर टर्कद्वारा सञ्चालित हुन्छ । ५९,४९,००० रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओमोडा ई ५ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ ।

एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिनजस्ता विशेषताहरूद्वारा यो गाडी सुविधासम्पन्न रहेको छ । यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:२९
Weather Update