News Griha :: न्यूजगृह
पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने, माघ २४ गते कार्यालय बन्द गर्ने  

काठमाडौं— नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । 

पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टी कार्यालयको झण्डा आधा झुकाउने भएको हो । आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । 

बुढाथोकीको निधनमा समुदायमा कांग्रेस अभियान स्थगित गरिएको छ । महामन्त्री गगन थापाले गरिरहेको संवाद यात्रा पनि रोकेका छन्  । 

माघ २४ मा केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ । बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ । 

बुढाथोकीको गएराति विराटनगरस्थित विराट अस्पतालमा निधन भएको थियो

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ११:५६
Weather Update