News Griha :: न्यूजगृह
युद्ध रोक्न रुसका राष्ट्रपति पुटिनलाई नेपालबाट पठाइयो ज्ञापनपत्र

काठमाडौं— नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । 

सोमबार दिउँसो काठमाडौंस्थित रुसी दूतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई बिनासर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।

प्रदर्शन पश्चात रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा युद्धबाट सर्वनाश बाहेक केही हासिल नभएको भन्दै कहालिलाग्दो युद्धको सिलसिला तत्काल अन्त्य गर्न आग्रह गरिएको छ ।  

यसैगरी नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई विना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:१३
Weather Update