News Griha :: न्यूजगृह
एलिना चौहानको गीत 'कट्टा हान्दिन्छु' लाई चोरी आरोप
तस्बिर: एलिनाको फेसबुकबाट ।

काठमाडौं— एलिना चौहानको गाएको गीत 'कट्टा हान्दिन्छुु'माथि चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत 'कट्टा हानिदिन्छु'बाट हुबहु चोरिएको दाबी गरेका हुन् । 

आफूले उक्त गीत झण्डै एकवर्षअघि रेकर्ड गराएर अडिओको रुपमा सार्वजनिक गरेको दाबी गरे । 'मैले यो गीत एकवर्षअघि नै रेकर्ड गराएको थिए। अडियो पहिल्यै आएपनि भिडियो बनाउन ढिलो भएको हो। तर, भिडिओ ढिलो आयो भन्दैमा यसरी चोर्न मिल्दैन। गीतको शब्ददेखि लय पनि एउटै छ,' उनले भने । 

तर, कार्कीले गीतको भिडिओ युट्युबमा केहीअगाडि मात्रै सार्वजनिक गरेका हुन् । भिडिओका हिसाबले यो गीत एलिनाभन्दा पछि आएको देखिन्छ । यसकारण आफूलाई उल्टै आफूलाई गीत चोरेको भन्दै कमेन्ट आइरहेको उनी सुनाउँछन् । 

उनले यो विषय समाधान नभएको खण्डमा कानुनी दायरामा समेत जाने सुनाए । 

एलिनाको स्वर रहेको 'कट्टा हान्दिन्छु' गीतको भिडिओ ओबी रायमाझी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको हो । यस गीतमा रायमाझी मोडलसमेत हुन् । त्यस गीतसँग संयोगले मिलेपनि आफूहरूले गीत नचोरेको रायमाझी दाबी गर्छन्  ।  

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:०७
Weather Update