News Griha :: न्यूजगृह
मदिरा खाएर गाडी चलाउँदा... 

चितवन— सडक आडको बिजुलीको पोल र ट्रान्समिटर नै क्षतिग्रस्त हुने गरेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा सोमबार बिहान भएको दुर्घटनामा दुईजना घाइते भएका छन् । सोमबार बिहान १२ बजेर २० मिनेट जाँदा उक्त दुर्घटना भएको थियो ।

बागमती प्रदेश बीएसी ९००६ नम्बरको निजी कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा गाडीमा रहेका नवलपुर गैंडाकोट– १३ का २७ वर्षीय विपिन पराजुली र चितवन भरतपुर महानगरपालिका–१९ का २२ वर्षीय मनिष लामा घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । 

गाडीका चालक फरार रहेको र घाइतेको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जानकारी दिएका छन् । चालक र घाइते दुई जनाले पनि मादक पदार्थ सेवन गरेको उनले बताए । घाइतेको अवस्था मध्यम छ ।

उनीहरूको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  सौराहामा डेढ महिनाअघि पनि यसरी नै कार गएर बिजुलीको पोलमा ठोक्किँदा ट्रान्समिटरमा क्षति पुगेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:१५
Weather Update