News Griha :: न्यूजगृह
‘ग्रामी’मा तीन अवार्ड जितेका र्‍यापर किलर माइक पक्राउ
TIME

काठमाडौं— र्‍यापर किलर माइकले आइतबार राती सम्पन्न ६६ औं संस्करणको ‘ग्रामी अवार्ड २०२४’ मा तीन अवार्ड जिते । जसमा उनले २० वर्षमा पहिलो पुरस्कार पनि पाए । अवार्ड जितेको केही समयपछि किलरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनका प्रवक्ताले पक्राउ परेको पुष्टि गरेका छन् ।

लगातार तीन अवार्ड जितेपछि किलरलाई क्रिप्टो डटकम एरिनामा लसएनजल्स प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले यो मामलामा केही बोलेको छैन । प्रहरीले एक पुरुष पक्राउको जानकारी दिएको छ । तर, को पक्राउ परे भन्ने विषयमा आधिकारिक केही बताएको छैन । किलर निकटका अनुसार किलरलाई प्रहरीले एक दुष्कर्म मामलामा हिरासतमा लिएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा प्रहरीले किलरलाई लसएन्जलसमा क्रिप्टो डटकम एरिनाबाट लगिरहेको देख्न सकिन्छ । साथै उनको हातलाई पछाडिपट्टि हतकडी लगाएर बाँधिएको छ । किलरले ‘ग्रामी अवार्ड’मा र्‍याप प्रेजेन्टर, र्‍याप गीत र र्‍याप एलबम विधामा गरी तीन अवार्ड जितेका थिए । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:३९
Weather Update