News Griha :: न्यूजगृह
लापसे गरि गाडी चलाउने ६ जना चालक पक्राउ
लापसे गरि गाडी चलाउने ६ जना चालक पक्राउ प्रहरी टोलीले २५ वटा सवारी साधन चेक गर्दा लागूपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । 
एमाले संसदीय दलको बैठक आज बस्दै 
एमाले संसदीय दलको बैठक आज बस्दै  नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । शनिबार मध्याह्न १२ बजे पार्टी कार्यालय च्यासलमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ ।आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसद्मा एमालेले खेल्ने भूमिकाबारे बृहत् रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए ।
रुसी सेनामा भर्ना भएका श्रीमानको ‘फोन कल’ दुई महिनादेखि कुरिरहेकी छन् टीना
रुसी सेनामा भर्ना भएका श्रीमानको ‘फोन कल’ दुई महिनादेखि कुरिरहेकी छन् टीना उदयपुरबाट दुधे बालक बोकेर काठमाडौं आएकी टीना घिमिरेले श्रीमान पदम घिमिरे दुई महिनादेखि सम्पर्कविहीन भएको उल्लेख गर्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरिन । 
संसद् अधिवेशन चलिरहँदा काठमाडौं नछोड्न सांसदहरूलाई कांग्रेसको निर्देशन
संसद् अधिवेशन चलिरहँदा काठमाडौं नछोड्न सांसदहरूलाई कांग्रेसको निर्देशन नेपाली कांग्रेस संसदीय दलले आगामी संसद् अधिवेशनभर काठमाडौं नछोड्न सांसदहरूलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले आगामी संसद् अधिवेशनभर राजधानी काठमाडौं नछोड्न सांसदहरूलाई निर्देशन दिएको हो ।विगतमा संसद्को बैठक तथा समिति बैठकहरूमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै सत्तारुढ दल कांग्रेसले यस अधिवेशनमा...
बाँसबारी जग्गा हिनामिनामा अरुण चौधरी संलग्न छन्ः सीआईबी
बाँसबारी जग्गा हिनामिनामा अरुण चौधरी संलग्न छन्ः सीआईबी एसएसपी आचार्यले बाँसबारी छालाजुत्ता कारखाना निजीकरणको क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर किन्ने प्रस्तावका आधारमा महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने भएपनि लिलामी शेयरलाई ३६ लाख रुपैयाँमा चौधरीले शेयर खरिद गरेको देखिएको आचार्यको भनाइ छ । चौधरीले २०५४ पौष ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट...
भारतले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य
भारतले नेपाललाई दियो २९८ रनको विशाल लक्ष्य ६२ रन हुँदा भारतले तीन विकेट गुमाएको थियो । तर चौथो विकेटका लागि उदय शहारन र सचिन धासले २०२ बलमा २१५ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो । भारतका लागि धासले ११६ र शरनले १०० रन बनाए ।  नेपालका लागि गुल्सन झाले तीन र आकाश चन्दले...
घुससहित पक्राउ परेका उपसचिव नेपाल दोषी ठहर, १ वर्ष कैद र ६ लाख जरिवाना
घुससहित पक्राउ परेका उपसचिव नेपाल दोषी ठहर, १ वर्ष कैद र ६ लाख जरिवाना घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको...
भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने 
भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने  भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
‘महाजात्रा’मा हरिवंश बने नेता
‘महाजात्रा’मा हरिवंश बने नेता फिल्म ‘महाजात्रा’को केही समयअघि सार्वजनिक फस्टलुकमा अभिनेता हरिवंश आचार्यलाई ह्विलचेयरमा बन्धक बनाई फिल्मका प्रमुख तीन पात्र विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले डोर्याइरहेको देखाइएको थियो । त्यो फस्टलुकले हरिवंशको चरित्र कस्तो छ भन्ने फिल्मकर्मी र दर्शकमाझ चासो बढायो । 
एमाले नेता नेम्वाङलाई ‘ब्रेन स्ट्रोक’, आईसीयूमा उपचार हुँदै 
एमाले नेता नेम्वाङलाई ‘ब्रेन स्ट्रोक’, आईसीयूमा उपचार हुँदै  पूर्वमन्त्री तथा नेकपा एमालेका नेता वसन्त नेम्वाङको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । एमाले ताप्लेजुङको सचिवालय बैठकका लागि फुङलिङ पुगेका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ बसेकै ठाउँमा गत बुधबार एक्कासि ढलेका थिए ।
टीआरसीसँग सम्बन्धी विधेयकमा सबैको सहमति हुनुपर्छ : ओली 
टीआरसीसँग सम्बन्धी विधेयकमा सबैको सहमति हुनुपर्छ : ओली  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा छलफल भएको जानकारी दिए । अध्यक्ष ओलीले विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग कुरा गरेको बताए ।
Weather Update